काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले संघर्षपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा टोटनह्यामले बर्नेलीलाई १–० गोल अन्तरले हराउँदै जीत निकालेको हो । आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामका लागि क्रिस्टियन एरिक्सन गरेको एक गोल नै निर्णायक बन्यो ।

एरिक्सनले खेलको अन्तिम समयमा मात्रै गोल गरेका थिए । पहिलो हाफमा बराबरी खेलेको टोटनह्यामले खेलको अतिरिक्त समयमा गोल गरेका हो जितसँगै तेस्रो स्थानमा रहेको टोटेनह्यामले १७ खेलबाट ३९ अंक जोडेको छ ।

बर्नेलीको भने १७ अंक रहेको छ । गए राति नै भएका अन्य खेलमा न्युक्यासलले हडस्फिल्डलाई १–० गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, क्रिष्टल प्लालेसले लेष्टर सिटीलाई १–० गोलअन्तरले हराउँदा वुल्भ्सले बर्नेमाउथ २–० ले र वाटफोर्डले कार्डिफ सिटीमाथि ३–२ गोल अन्तरले जीत हात पारेका छन् ।

  • Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

    career-in-aus

Please follow and like us:

Comments