नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा मिनिट्रक दुर्घटना भएको छ। शिखरबेशीबाट घ्याङफेदीतर्फ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा १७ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

प्रहरी टोली उद्धारका घटनास्थलतिर पुगिसकेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले बताएको छ।

घटनास्थलमा पुगेको प्रहरीले ५ जनालाई उद्दार गरी स्वास्थ्य संस्थामा पठाएको छ। उद्धार कार्य जारी रहेकाले घाइते र मृतककको संख्या बढ्न सक्ने डीएसपी भट्टराईले बताए।

उनका अनुसार दुर्घटनास्थल पुग्न सदरमुकाम विदुरदेखि साढे ३ घण्टा समय लाग्छ। तामाङ समुदायको साँस्कृतिक पर्व मनाएर फर्किदै गरेकाहरु दुर्घटनामा परेका हुन्।

Comments