काठमाडौं । समय अनुसार कुर्तामा नयाँ नयाँ फेशनशैली आइरहेको हुन्छ । केही वर्ष अगाडी छोटो अनारकली , त्यसपछि लामो अनारकली, चुडिदार हुँदै अहिले प्लाजो फेशनमा आइरहेको छ ।

फेशन बदलिएपछि हामीलाई पूरानो फेशनको कुर्ता लगाउन अप्ठ्यारो लाग्छ । यसले गर्दा पूरानो कपडा खेर जान्छ र नयाँ फेशनको लागि पैसा खर्च गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा आफूलाई मन परेको कपडा पनि फेशन गएका कारण यत्तिकै थन्काउने अवस्था आउँछ । तर थोरै दिमाग लगाउन सकियो भने ती पूराना कुर्तालाई नयाँ फेशन अनुसार बनाएर लगाउन सकिन्छ ।

यदि पूरानो अनारकली कुर्ता छ भने त्यसलाई लेहेंगा बनाउन सकिन्छ । यसको लागि अनारकली कुर्ताको कम्मर देखिको भाग काटेर त्यसमा अरु कुनै लुगाको बेल्ट राखेर सिलाउन सकिन्छ । त्यस्तै अनारकली कुर्ताको माथीको भाग राम्रो छ भने त्यसलाई काटेर ब्लाउजको रुप दिन सकिन्छ । यदि सिधा कुर्ता छ र लगाउँदा दिक्क लागेको छ भने त्यसलाई बीचबाट काटेर अहिले फेशनमा रहेको ज्याकेट कुर्ती बनाउन सकिन्छ। त्यस्तै माथी बुट्टा भएको कुर्तालाई कम्मर भन्दा तलबाट काटेर छोटो टप्सको रुप दिन सकिन्छ ।

Comments

comments