काठमाडौँ । मुलकुमा पर्यटक आगमन उत्साहजनक रुपमा बढेको  छ ।

सन् २०१८ को ११ महिनासम्ममा १० लाख १ हजार ९ सय ३० पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो इतिहासमै धेरै पर्यटक आगमन हो ।

यो वर्ष मासिक औसत ९१ हजार ८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले दिएको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको सोही अवधिभन्दा १७ प्रतिशतले बढी हो ।

सन् २०१७ को ११ महिनामा ८ लाख ५७ हजार २ सय ५२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments