काठमाडौं । केही समय अगाडी भाइरल बनेको गीत ‘ मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ का बाल गायक अशोक दर्जीको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।  संगीतकार टंक बुढाथोकीको मार्गदर्शनमा हिंडीरहेका अशोकले यो गीतमा टंकका छोरा एआर बुढाथोकीको पनि साथ पाएका छन् ।

आमाप्रतिको श्रद्धा बोल्ने गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने टंक, अशोक र एआर मूख्य भूमिकामा देखिएका छन् । गीतमा शब्द तथा संगीत टंक बुढाथोकीको नै छ ।

Comments

comments