काठमाडौं । मुलुकको २९ औ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बन्ने निश्चित भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राणालाई सवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफरिस गरेको छ ।

प्रधानन्यायाधीशको लागि न्यायपरिषद्ले न्यायाधीशद्वय दीपकराज जोशी र राणाको नाम प्रस्ताव गरेको थियो । जोशी विभिन्न प्रकरणले विवादित भएको र संसदीय बिशेष सुनुवाई समितिबाट यसअघि अस्वीकृत भएको कारण संवैधानिक परिषद्ले प्रधानन्यायधीशको लागि राणालाई सिफारिस गरेको हो । जोशी ऐनसेल कर छली लगायतका विभिन्न मुद्धामा विवादित हुँदै आउनु भएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश लिदै हुनुहुन्छ । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। मिश्रले अवकाशलिएपछि राणा मुलुकको २९ औं प्रधानयायाधीश बन्नु हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments