काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लाका उच्च भेगमा हिमपात भएको छ । हिमपातपछि जनजीवन कष्टकर बनेको छ ।

दुई दिनदेखि हुम्लामा घाम नलाग्दा न्युनतम तापक्रम माइनस ९ मा पुगेको छ । यस्तै, कालिकोटमा माइनस पाँच, जुम्लामा माइनस चारसम्म तापक्रम पुगेको छ । डोल्पाको भोट क्षेत्रमा पनि हिमपात भएको छ ।

अत्यधिक जाडो बढेको छ । धारामा पानी थाप्नसमेत तातोपानी प्रयोग गर्नु परेको छ । बालबालिका, महिला, जेष्ठ नागरिक अत्यधिक प्रभावित भएका छन् । कालीकोटका ९० प्रतिशत भूभागमा हिमपात हुने सम्भावना रहेको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments