काठमाडौं । दाङको लमहीको –९ रिहारमा बस र स्करपियो ठोकिएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बेहुलाका अामाबुबा ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री सहित अन्य ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका –८ का ४९ वर्षीय बिश्वनाथ अधिकारी, ५ वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका –१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको दाङका प्रहरी प्रमुख (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

महेन्द्रनगरबाट काठमाडौं अाउँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र बेहुली लिएर चितवनको गीतानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्करपियो जीप एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा स्करपियो जीपमा सवार ८ जनामध्ये ६ जनाको मृत्यु भएको छ ।

बेहुली र बेहुला भने अर्को गाडीमा थिए । बुवा–आमा र आफन्त चढेको जीप भने अर्को दिसाबाट आइरहेको बससँग ठोकिएको हो । दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments