मेलबर्न । अष्ट्रेलियाको मेलवर्नमा नेपाली विद्यार्थीहरुलाई लक्षित गरी कलेज स्थापना भएको छ ।

हाल अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुले विभिन्न समस्याहरु झेल्नु परेको भन्दै सहज अध्ययन अध्यापनका लागि मिन्ट इन्टरनेशनल कलेज संचालनमा ल्याइएको हो ।

कलेज संचालनको बारेमा जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा संस्थापक राम टण्डनले नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलिया गएपछि कामको क्षेत्रमा कुनै आफ्ठ्यारो नपरोस भन्नको निम्ति कलेज संचालनमा ल्याइएको जानकारी दिए ।

उनका अनुसार उच्च शिक्षा प्रदान गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस कलेजमा मुख्यतः ३ विधाको पढाइ हुन्छ । लिडरशिप एण्ड मेनेज्मेन्ट, कमर्सियल कुकरी एण्ड हस्पिटालिटी मेनेज्मेन्ट र अर्ली चाइल्डहुड एण्ड केयर विषयमा पढाइ हुन्छ ।

यी विधामा सर्टिफिकेट र डिप्लोमा तहको अध्ययन अध्यापन हुने टण्डनले बताए । उनले नेपालमा नै बसेरै अष्ट्रेलिया जाने नेपालीहरुलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

Comments