मोरङ । राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताउनु भएको छ ।

राजपाले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक महतोले मधेसमा अगाडि वा पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताउनु भयो । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको चाहना रहेको आफूले बुझेको उहाँको भनाई छ ।

नेता महतोले सरकार असफल हुँदै गएको बताउनु भयो । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उहाँले बताउनुभयो । उहाँले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले दुई वटै पार्टीको सिद्धान्त अलग रहेको उल्लेख गर्नुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Please follow and like us:

Comments