काठमाडौं । एभरेस्ट प्रिमियर लिग(इपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं किंग्स विजयी भएको छ ।

टियू क्रिकेट मैदानमा चितवन टाइगरले दिएको १ सय ६१ रनको लक्ष्य काठमाडौंले सात बल बाँकी छँदै चार विकेटको क्षतिमा पूरा गरेको हो । टस जितेर काठमाडौंले पहिले बलिङ रोजेपछि चितवनले पहिले ब्याटिङ गरेको थियो । चितवनले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ६० रन बनाउन सक्यो ।

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ , आयरल्याण्डका विदेशी खेलाडी पाउल स्ट्रिलिङले ३४ रनको यागदान गरे । काठमाडौंका लागि प्रदिप साहु र समसाद शेखले तीन–तीन विकेट हात पारे । १ सय ६१ रनको चुनौति पछ्याएको काठमाडौंले ६ विकेटले खेल आफ्नो कब्जामा पा¥यो । काठमाडौंका लागि सुब्रमनियन आनन्दले १८ बलमा ४३ रन र सागर पुनले ३९ रनको योगदान गरे ।

चितवनका साहाव आलमले दुई विकेट हात पारे । आजको खेलको प्लेयर अफ दि म्याच आनन्द घोषित भएका छन् । केहीबेरमा अर्को खेलमा ललितपुर प्याट्रियट्स र पोखरा राइनोजबीच हुँदैछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments