काठमाडौँ । उपत्यका लगायत देशका मुख्य सहरहरूमा ट्याक्सी व्यवसाय निक्कै फस्टाएको छ । फस्टाउ‘दो ट्याक्सी व्यवसायमा विकृति र विसङ्गति पनि उत्तिकै मौलाएको छ । पछिल्लो समय तिनै विकृति र विसङ्गति निर्मूल पार्दै सर्वसाधारणलाई भरपर्दो र विश्वासिलो बनाउन महानगरीय ट्राफिक प्रहरीले बिहीबारबाट विशेष अभियान सुरु गरेको छ ।

ट्याक्सी व्यवसाय क्षेत्रको वर्षौँदेखि व्याप्त बेथिति नियन्त्रण गर्न महानगरीय ट्राफिक महाशाखाले बिहीबारबाट विशेष अभियान सुरु गरेको छ । यात्रुसँग मनलाग्दी भाडा उठाउने, भनेको ठाउँ जान नमान्ने, मिटर नचलाउने चालकलाई पॉच हजार रुपैयाँ जरिवाना गरिने महाशाखा प्रमुख वसन्तराज पन्तले जानकारी दिनुभयो ।

महाशाखा प्रमुख पन्तले ट्याक्सी चालकको पटके कायमगरी पाच‘ पटकसम्म गल्ती गर्ने चालकको सवारी अनुमतिपत्र रद्द गर्न यातायात ऐन २०४९ को दफा ६० बमोजिम प्रक्रिया अघि बढाइने पनि उहाँले बताउनुभयो । पन्तले निलम्बित चालकले निलम्बन अवधिमा कुनै पनि सवारी साधन चलाउन नपाउने पनि स्पष्ट पार्नुभयो ।

महानगरीय ट्राफिक महाशाखाले विशेष अभियान सुरु गरेपछि बिहीबार ५ र शनिवार ७० वटा ट्याक्सीमाथि कारबाही गरेको छ ।चालू आर्थिक वर्षको चार महिनामा मात्रै ३ हजार २ सय ६ ट्याक्सी चालकमाथि कारबाही भएको छ ।

हालसम्म महानगरीय ट्राफिक महाशाखाले २ हजार ६१ वटा ट्याक्सीलाई कारबाही गरिसकेको छ । विशेष अभियान स्वरूप हरेक टोलमा २० देखि ३५ जना सादा पोशाकमा ट्राफिक प्रहरीले ट्याक्सी चालकमाथि अनुगमन सुरु गरेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments