काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय मानवअधिकार आयोगले ७० औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालेको छ । त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ ।

हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाईन्छ ।

विश्वमा मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अर्थात ५सय भन्दा बढि भाषामा अनुवादित अनि प्रकाशित छ । मानव जन्मिने वित्तिकैदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नका लागि चाहिने सम्पूर्ण आधारभुत आवश्यक्ताहरू मानव अधिकार भित्र पर्दछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments