काठमाडौं । संघ र प्रदेश सरकारबीच समन्वय गर्न गठित अन्तरप्रदेश परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेपछि बैठक बोलाइएको छ । सरकार गठन भएको १० महिनापछि पहिलो पटक अन्तरप्रदेश परिषद् बैठक बस्न लागेको हो ।

संविधानको धारा २३४ अनुसार संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधानका लागि अन्तरप्रदेश परिषद् गठन गरिएको हो । प्रधानमन्त्री केपी ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य हुनुहुन्छ । परिषद्को बैठक यसअघि भदौ २४ गतेका लागि बोलाइएको थियो तर तयारी पूरा नभएको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रदेशमा ऐन कानुन बनाउनुदेखि कर्मचारी तथा अधिकार बाँडफाँटको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारसमक्ष गुनासो गर्दै आइरहेका छन् । परिषद्को बैठकमा सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्रीको कार्यालयका सचिव समेत उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments