काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा काठमाडौं आइपुग्नु भएको छ । सरकारले शेर्पामाथि छानबिनका लागि तीन सदस्यीय टोली बनाएको छ ।

राजदूत शेर्पाले पतिसँग मिलेर अष्ट्रेलियामा मानव तस्करी गरेको उनकै पूर्व ड्राइभर वाङ्छु शेर्पाले बताएपछि शेर्पा विवादित बन्नुभएको हो । राजदूत शेर्पा दोषी देखिए उहाँको पदसमेत धरापमा पर्ने सम्भावना छ ।

उता प्रहरीले राजदूत शेर्पाका पूर्व ड्राइभर वाङ्छुलाई पक्रन इन्टरपोलमा सूचना जारी गरेको छ । उनी अष्ट्रेलियामै छन् । राजदूत शेर्पाले भने वाङ्छुले बहुमूल्य सामान चोरी गरेर भागेको आरोप लगाउँदै आउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments