एजेन्सी । एक अमेरिकी वेब साइटले बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडालाई ‘ठग कलाकार’ अर्थात ‘स्काम आर्टिस्ट’ भन्दै लेख छापेपछि भारतीयहरुले वेब साइटको आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमा भारतीयहरु अभिनेत्री प्रियंका चोपडाको पक्षमा उभिएका छन् । अमेरिकी वेब साइट द कटमा प्रकाशित भएको प्रियंका सम्बन्धी लेख अहिले हटाइएको छ ।

द कटको लेखमा प्रियंकाले अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनलाई विवाह गर्नका लागि बाध्य अर्थात ट्रयापमा पारेको आरोप लगाइएको थियो ।

प्रियंकाले आफ्नो हलिउड करिअरलाई थप गति दिनका लागि निकलाई विवाहका लागि दबाब दिएको आरोपसहितको लेख छापिएको थियो ।

पहिले प्रियंका–निकको विवाहमा त्यति चासो नदिएकाहरु पनि अहिले प्रियंकाको बचाउमा उत्रिएका छन् । धेरैले द कटमा प्रकाशित भएको लेख रंगभेदी रहेको बताएका छन् ।

Comments