मेलबर्न । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा स्पष्टिकरणको लागि नेपाल फर्किंदै छिन् । मानव तस्करीको आरोप लागेपछि राजदुत शेर्पाले नेपाल स्थित परराष्ट्र मन्त्रलायमा स्पष्टिकरण दिनको लागि अवसर मागेकी थिइन् । जसअनुसार उनले प्रत्यक्ष रुपमा परराष्ट्र सचिवलाई यस विषयमा ब्रिफिंग गर्ने भएकी हुन् । आइतबार परराष्ट्र मन्त्रालयले राजदुत शेर्पा माथी लागेका आरोपबारे छलफल गर्ने बताइएको छ ।

नेपालबाट प्रसारण हुने एक टेलिभिजन कार्यक्रममा वाङछु शेर्पाले राजदूत शेर्पा मानव तस्करीमा संलग्न भएको आरोप लगाएका थिए । उनले राजदूत शेर्पाका लागि आफुले पैसा उठाउने गरेको भन्दै विभिन्न व्यक्तिहरुबाट ६४ लाख लिएको बयान दिएका थिए ।

यस विषयमा विज्ञप्ति प्रकाशित गर्दै नेपाली दूतावास क्यानबेराले आरोपहरु असत्य भएको भन्दै खण्डन गरेको छ । विज्ञप्तिमा निज वाङछु शेर्पा एक वर्षअघि नै कारवाहीको सिफारिश गरिएका व्यक्ति भएको खुलाएको छ । एक वर्ष पहिले परराष्ट्र मन्त्रालयमा गरिएको पत्राचार पनि दूतावासले सार्वजनिक गरेको छ । यस्तै दूतावासले यहाँको अष्ट्रेलियन परराष्ट्र मन्त्रालयमा पनि घटनाबारे जानकारी गराएको उल्लेख गरेको छ । नेपालमा निज शेर्पाकी श्रीमती थुनामा रहेकी छिन् । उनलाई ठगीको मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपाली दूतावास क्यानबेराले निज वाङछु शेर्पा अष्ट्रेलियामा लुकीछिपी बसेर अदालतलाई प्रभावित पार्ने र व्यक्तिगत छवि धमिल्याउन आरोप लगाएको जनाइएको छ । यस्तो झुठा आरोपमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments