काठमाडौं । पिज्जा आधुनिक खानाका परिकारमा सबैजसोको लागि प्रिय परिकार हो । आजकल रेष्टुरेन्टको मेनुमा खोजिने परिकार मध्ये पिज्जा पनि अगाडी आउँछ । पिज्जालाई घरमै पनि बनाउन सकिन्छ ।

आवश्यक सामग्री

मैदा, चिनी, नुन, तेल

मरिचको धुलो, पानी

विधि

सुरुमा मैदामा चिनी, नुन, मरिचको धुलो राखेर पानी राख्दै मुछ्नुपर्छ । मैदा मुछ्दा एकदमै ध्यान दिएर मुछ्नुपर्छ ।

एकैछिन मुछेपछी फेरी थोरै मैदा राखेर मुछ्नुपर्छ ।

मैदालाई गोलो आकार बनाउने । त्यसपछि एउटा भाँडोमा तेल लगाएर मैदा राख्ने । केही समय यत्तिकै छोपेर राखिदिने ।

अब पिज्जाको लागि सस तयार गर्नुपर्छ । सस बनाउँदा टमाटर पिसेर त्यसमा नुन, चिनी र केही मसला राख्नुपर्छ । टमाटरमा थोरै ओलिभ तेल पनि राख्नुपर्छ ।

एउटा प्यानमा तेल लगाउने र त्यो प्यानमा अघिको मैदाबाट केही भाग लिंदै हातले नै पीज्जाको आकार दिएर राख्ने ।

त्यसपछि त्यसमा सस राख्ने र सस राखेपछि चिज राख्ने ।

अब त्यसमा तरकारीहरु राख्ने ।

त्यसपछि ओभनमा राख्ने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments