मेलबर्न । नेपाली गायन प्रतियोगितामा सबैभन्दा पहिलो ठूलो प्रतियोगिता नेपाल आइडलको अहिले दोस्रो सिजन चलिरहेको छ । दोस्रो सिजनको उक्त प्रतियोगितामा अहिलेसम्मको नतिजा अनुसार उत्कृष्ट पाँच बाँकी रहेका छन् ।

नेपाल आइडल सिजन २ को उत्कृष्ट पाँचमा विक्रम बराल, अस्मिता अधिकारी, रवि ओड, अमित बराल र सुमित पाठक रहेका छन् । ती उत्कृष्ट पाँच प्रतियोगी अष्ट्रेलियामा रहेका दर्शकलाई नचाउन अष्ट्रेलिया टुरमा आउने पक्का भएको छ । आयोजकका अनुसार, उत्कृष्ट पाँचमा पर्न नसकेतापनि दर्शकले अत्यधिक मन पराएका कारण पवन गिरि पनि उक्त टुरमा सहभागी हुनेछन् ।

नेपाल आइडल सिजन २ अष्ट्रेलिया टुर एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुनलागेको बताइएको छ । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ। उक्त टुर अन्तर्गत मेलबर्नको कार्यक्रमको लागि स्मार्ट एक्सेस इन्टरटेनमेन्टले सहकार्य गरेको छ भने कंडेल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । कार्यक्रम आगामी फेब्रुअरी ३ मा मेलबर्नको 170 Russell St मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments