मेलबर्न । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पालाई सार्वजनिक कार्यक्रममा सहभागी नगराउन माग भएको छ । नेपाली जन सम्पर्क समिति अष्ट्रेलियाले प्रेस वक्तव्य जारि गर्दै यस्तो माग गरेको हो ।

जन सम्पर्क समिति अष्ट्रेलियाले राजदुत शेर्पा माथी मानव तस्करको आरोप लागे लगत्तै विज्ञप्ति जारि गरि अनुसन्धानको लागि आग्रह गरेको थियो । जन सम्पर्क समिति अष्ट्रेलियाले बिहिबार जारि गरेको वक्तव्यमा गम्भीर आरोप लाग्दा समेत न्याय सम्पादनको सामान्य सिध्दान्त अनुरूप छानबिन प्रकृयालाई सहज बनाउन आफै पद बाहिर बसि सहयोग गर्नु पर्नेमा यसो नभएको बताउंदै नेपाल सरकारले निजलाई तुरुन्त फिर्ता बोलाई निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ ।

उक्त वक्तव्य मार्फत अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुलाई आफ्ना कार्यक्रममा राजदुत शेर्पालाई सहभागी नगराउन अनुरोध गरिएको छ । यसको साथै निष्पक्ष रुपमा छानबिन भइ निर्दोष सावित नभएसम्म राजदुत शेर्पा सहभागी हुने सम्पूर्ण कार्यक्रम बहिस्कार गर्न समितिले सम्पूर्ण नेपालीलाई अपिल गरेको छ ।

प्रेस बक्तब्य

बिषय: राजदुत लक्की शेर्पामाथि लागेको आरोपको निश्पक्ष छानबिन भई निर्दोष प्रमाणित नहुँदा सम्म कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नगराउनु हुन ।

हाल अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको मानब वसार पसार सम्बन्धि लागेको आरोपको छानविनको लागि नेपाली जन सम्पर्क समिति अष्ट्रेलियाले पहिलो चोटी समाचार प्रसारण भएको भोलिपल्टै विज्ञप्ति जारी सम्बन्धित पक्षको ध्यान अकर्षण गराएको कुरा यहाँहरु सबैलाई स्मरण गराउन चाहन्छु। यस अभियानमा आफ्ना धारणा व्यक्त गरि र वक्तव्य मार्फ़त सहयोग गर्नुहुन् सम्पुर्ण नेपाली र विशेष गरी अष्ट्रेलियामा सक्रिय महानुभाव र संघ संस्थाहरुमा नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छ। यसै सन्दर्भमा नेपाली काङ्रेस केन्द्रिय कार्यालयले निस्पक्ष र तत्कालाई छानबिनको माग सहित जारी गरेको प्रेस बिज्ञप्तिको नेपाली जन सम्पर्क समिती स्वागत र समर्थन गर्दछ ।

यस्तो संगिन आरोप लाग्दा समेत न्यायको सम्पादनको सामान्य सिध्दान्त अनुरूप छानबिन प्रकृया लाई सहज बनाउन आफै पद बाहिर बसि सहयोग गर्नु पर्नेमा यसो नभएको कारण नेपाल सरकार ले निजलाई तुरुन्त फिर्ता बोलाई निश्पक्ष छानबिन मार्फत सत्य तथ्य बाहिर ल्याई दोषीहरु माथि कारबाही गरोस् भन्ने जोडदार माग गर्दछौ । निजमाथि लागेको आरोपको निश्पक्ष छानबिन भई निर्दोष साबित नहुञ्जेल सम्म निजलाई अष्ट्रेलिया स्थित नेपाली संस्थाहरु लाई कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागि नगराउनुहुन र यदि यसरी सहभागि गराईएमा अष्ट्रेलियाले प्रतिरोध गर्ने र यस्तो कुनैपनि प्रतिरोधको परिणामको जिम्मेवारी स्वयम् आयोजकले लिनुपर्ने समेत जानकारी गराउन चाहन्छौ। नेपाली जन सम्पर्क समिति सम्पुर्ण नेपाली समुदाय र विशेष गरि नेपाली जन सम्पर्क सँग आवद्ध र आस्थावान सवैलाई आरोपित लक्की शेर्पा सहभागी हुने सवै कार्यक्रम सक्रिय बहिष्कार गर्न अपील पनि गर्दछ।

जय नेपाल ।

सुरेश पोखरेल
अध्यक्ष, नेपाली जनसम्पर्क समिति,
अष्ट्रेलिया

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments