मेलबर्न । भारतीय मुलका मितेश पटेललाई ३० वर्षको जेल सजाय हुनेभएको छ । ३७ वर्षीय मितेशले आफ्नी ३४ वर्षिया श्रीमती जेसिका पटेलको हत्या गरेको पुष्टि भएपछि अदालतले उनलाई ३० वर्षको जेल सजाय तोकेको हो ।

मितेश र जेसिकाले म्यानचेस्टरमा संगै फार्मेसी पढ्थे । त्यसपछि उनीहरु सम्बन्धमा रहेर विवाह गरे । उनीहरु विवाहपछि श्रीमान श्रीमती मिलेर फार्मेसी संचालन गरि बेलायतमै बस्दै आएका थिए । तर यो वर्षको गत मे महिनामा जेसिका आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्।

लामो समयको अनुसन्धान पछि मितेश आफैले श्रीमती जेसिकाको हत्या गरेको पुष्टि भएको छ । मितेशले पुरुष समलिंगीहरुको ‘डेट एप्स’ चलाउँथे र धेरै पुरुषहरुसंग च्याटमा व्यस्त हुने गर्थे । त्यहींबाट भेटिएका अष्ट्रेलियाको सिड्नीका एक डाक्टरसंग उनी प्रेमसम्बन्धमा रहे ।

अष्ट्रेलियामा बसाइसराइ गरेर ती ब्वेफ्रेन्डसंग आफ्नो आगामी जीवन बिताउनको लागि श्रीमतीको हत्या गरेको उनले खुलाएका छन् । उनी श्रीमतीको जीवन बीमाबाट आएको रकम र टेस्टट्युबबाट जन्माइएको आफ्नो बच्चा लिएर अष्ट्रेलिया बसाइ सराइ गर्ने योजना थिए ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments