काठमाडौं । कांग्रेसको विधान मस्यौदामाथिको छलफल आजपनि जारी रहने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा ७ दिनदेखि चलेको बैठक निष्कर्षमा पुग्न सकेको छैन । संस्थापन र इतर पक्षबीच केन्द्रीय पदाधिकारी बढाउने बिषयमा मतभेद रहँदै आएको छ । हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सभापतिको क्षेत्राधिकारका बिषयमा संस्थापन पक्षले आपत्ती जनाएको छ ।

पार्टी सभापतिलाई खुम्च्याउन खोजेको संस्थापन पक्षको आरोप रहेको छ । यता, इतर पक्षले पदाधिकारी संख्या, केन्द्रीय समिति र अनुशासन समिति निर्वाचन मार्फत् गठन गर्नुपर्ने माग गरेका छन् । संविधानमै पदाधिकारी निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको भन्दै पार्टी विधान त्यसभन्दा माथि हुन नसक्ने उनीहरुको भनाइ रहेको छ ।

संस्थापन पक्षले नेतृत्वलाई कमजोर बनाएर पार्टी सञ्चालन हुन नसक्ने बताउँदै आएको छ । इतरले भने सभापतिलाई बलियो बनाउने नाममा २५ प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्न नसकिने अडान लिएको छ । पार्टीको महासमिति बैठकको मिति नजिकिदै जाँदा समेत विधान मस्यौदामा सहमति जुट्न सकेको छैन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments