काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा माथी मानव तस्करीको गम्भीर आरोप लागेको छ । एक टेलिभिजन कार्यक्रममा पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको भन्दै अष्ट्रेलियाबाट ओन्सु शेर्पा लाइभ आएपछि राजदुत शेर्पा विवादमा आएकी हुन् ।

ओन्सु शेर्पाले राजदुत हुनुको फाइदा उठाउँदै राजदुत शेर्पाले आफ्ना श्रीमानसंग मिलेर मानव तस्करी गरेको आरोप लगाएका छन् । राजदुत माथी यस्तो गम्भीर आरोप लाग्दा पनि सरकारले त्यस सम्बन्धमा अनुसन्धान नगरेको भन्दै नेपाली कांग्रेसले दु:ख प्रकट गरेको छ ।

राजदुतले सिंगो देशको प्रतिनिधि गर्ने हुँदा उसको योग्यता तथा चरित्रले सिंगो राष्ट्रलाई असर पर्ने उल्लेख गर्दै नेपाली कांग्रेसले यस गम्भीर विषयमा पनि सरकार मौन हुनुको कारणबारे प्रश्न गरेको छ । कांग्रेसले राजदुत शेर्पा माथी अनुसन्धान सुरु गर्न र यदि दोषी ठहरिएमा पदबाट बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments