मेलबर्न । ट्रेलरमा देखाइएको कथावस्तु र क्षमतावान भनेर चिनिने कलाकारहरुको मूख्य अभिनय भएका कारण चलचित्र ‘प्रसाद’ रिलिज अगावै नै चर्चामा रहेको छ । संसारभर छरिएका नेपाली दर्शकहरुको लागि यो चलचित्र प्रतिक्षित चलचित्र बनेको छ । अष्ट्रेलियाको मेलबर्नमा चलचित्र प्रसाद हेर्ने नेपाली दर्शकहरुको उक्त चाहनालाई बुझी कंडेल कन्सल्टेन्सीले ‘प्रसाद’ प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ ।

चलचित्र प्रसाद आगामी डिसेम्बर ९ र डिसेम्बर १० मा प्रदर्शन हुने भएको छ । चलचित्र प्रसाद डिसेम्बर ९ मा बेलुका ७ :४५ बजे देखि र डिसेम्बर १० मा बेलुका ७ बजे देखि प्रस्दर्शन हुनेछ । चलचित्र भिक्टोरिया राज्यको मेलबर्न स्थित चाइना टाउन सिनेमामा प्रदर्शन हुनेछ । चलचित्र हेर्नको लागि www.ticketking.com.au बाट अनलाइन टिकट खरिद गर्न सकिनेछ ।

सुवास थापाले निर्माण गरेको चलचित्र प्रसादमा निश्चल बस्नेत, विपिन कार्की र नम्रता श्रेष्ठको मूख्य भूमिका रहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments