काठमाडौं । स्वरसम्राट नारायण गोपालको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली सांगीतिक क्षेत्रमा अतुलनीय योगदान दिएका नारायण गोपालको आजैका दिन अर्थात् २०४७ साल मंसीर १९ गते ५१ वर्षकै उमेरमा निधन भएको थियो । उनको जन्म १९९६ सालमा काठमाडौंको किलागलमा भएको हो ।

विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गायर स्वर परीक्षा पास गर्नुभएका नारायण गोपालले एक सय ३६ भन्दा धेरै गीत गएका छन् ।

नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गएका छन् । उनले गाएका एउटा मान्छेको मायाले कति, म त लाली गुराँस भएछु, पर्खि बसे, लौ सुन म भन्छु मेरो राम कहानी लगायतका गीत अहिले पनि उत्तिकै चर्चामा छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments