काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी रहन उमेर हद ७० वर्ष राख्न सुझाव आएको छ । पार्टीमा युवा पुस्ताको आगमन भएकाले पाका पुस्ताको सहज बहिर्गमनका लागि उमेर हद राख्न सुझाव आएको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केन्द्रीय समितिमा अधिकांश नेता पाका भइसकेकाले व्यवस्थापन चुनौति पनि छ । सबैको चाहना पदाधिकारीमा भएकाले अरु चुनौति रहेको युवा पुस्ताको भनाइ छ । भ्रातृसंगठन नेविसंघमा ३२ वर्षे उमेर हद राखिएपछि माउपार्टीका नेताहरुको पनि उमेर हद राख्न सुझाव आएको हो ।

यति मात्र होइन, केही नेताले त पार्टी जित्दा सभापति प्रधानमन्त्री हुने, हार्दा कुनै नैतिक जिम्मेवारी नहुने भएकाले हार्दा सभापतिबाट राजीनामा दिने व्यवस्था विधानमै राख्न सुझाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments