काठमाडौं । १० औँ पटक एनसेल बिक्री हुँदा कर छलीको मुद्दामा सर्वोच्च अदालतले १५ महिनापछि विस्तृत अध्ययन गर्न फाइल मगाउने भएको छ । गैरआवासीय नेपाली उपेन्द्र महतोको सिनर्जी नेपाल प्रालिले २० प्रतिशत शेयर बेच्दा ३ अर्ब २९ करोड ४८ लाख ७० हजार रुपैयाँ करछली भएको विषयमा फाइल मगाइएको हो ।

सर्वोच्चले नै एकपक्षीय सुनुवाइ गर्दै कर निर्धारण नगर्न सरकारलाई आदेश दिएपछि सिनर्जीले छलेको कर लिन ठूला करदाता कार्यालयले सकिरहेको थिएन । अन्तरिम आदेशबाट कर नतिर्नू भनेपछि १५ महिनादेखि एनसेलको बिक्रीमा कर छली भइरहेको थियो ।

केदारप्रसाद चालिसे र डम्बरबहादुर शाहीको इजलाशले एनसेलको फाइल मगाइएको हो । २०७४ भदौ १९ गते ठूला करदाता कार्यालयले कर निर्धारण प्रक्रिया पूरा गर्न सिनर्जीलाई सूचना जारी गरेको थियो । सूचनाविरुद्ध सिनर्जी अदालत गएको थियो र सिनर्जीकै पक्षमा आदेश हुँदा अर्बौँ रुपैयाँ कर लिन सरकारले सकिरहेको थिएन । न्यायाधीश दीपकराज जोशीको इजलाशले सिनर्जीका पक्षमा आदेश दिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments