काठमाडौं । गृह मन्त्रालयले बेलायतको नक्कली राहदानीमा नेपाल प्रवेश गरेका पाँच पाकिस्तानीलाई निकालेको छ।

जाली राहदानी मुद्दामा काठमाडौं जिल्ला अदालतले तोकेको दण्ड जरिवाना भुक्तान गरिसकेपछि गृह मन्त्रालयले उनीहरूलाई निष्कासन गरेको हो।

निकालिनेमा पाकिस्तानी नागरिक गौरी नुजाथ नाज, इलिही फिजा, इराम साज्दा, सोहिल मुहम्मद र इलिही जाका छन्। उनीहरू २०८० मंसिरसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन्।

गृहको निर्णयपछि उनीहरूलाई फिर्ता पठाइएको अध्यागमन विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए। बेलायत छिर्ने उद्देश्यले पाकिस्तानी एजेन्टको सहयोगमा उनीहरूले बेलायती राहदानी किनेका थिए।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments