एडलेड । केही वर्षयता देखि अंग्रेजी नयाँ वर्ष अर्थात जनवरी १ लाई नेपालमा टोपी दिवसको रुपमा मनाउन थालिएको छ । अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि आफ्नो पहिचान तथा पोशाक प्रति सम्मान दर्शाउँदै टोपी दिवस मनाउंदै आएका छन् ।

प्रवासी नेपाली एकता मन्च साउथ अष्ट्रेलियाले भव्यताका साथ टोपी दिवस मनाउने तयारि गरेको छ । उक्त विशेष कार्यक्रमको लागि मन्चले ११ सदस्य आयोजक समिति गठन समेत गरेको छ । आयोजकका अनुसार नेपाली पोशाक तथा संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्नुका साथै अष्ट्रेलियामा बढ्दै गएको नेपाली मुलको नयाँ पुस्तालाई नेपाली पहिचानसंग परिचित गराउनको लागि कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालका शहिदहरु प्रति मौन धारण, राष्ट्रिय गान साथै राष्ट्रभावले ओतप्रोत गीतसंगीतका साथमा सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले बताएका छन् । नेपाली पोशाकमा सहभागी भएर कार्यक्रमको उद्धेश्यलाई सार्थक बनाइदिनको लागि आयोजकले सम्पूर्ण नेपालीलाई अनुरोध गरेका छन् ।

ओक्लेन्डस् वेटलेन्डस् रिज़र्वसमा हुने यो कार्यक्रम दिउँसो २ बजे देखि बेलुका ७ बजेसम्म चल्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments