काठमाडौं । फ्राइड राइस भात मन पराउनेहरुका लागि राम्रो परिकार हो । यो साधारण भातको सट्टामा खान सकिन्छ । नेपाली खानपिनमा खाएर बाँकी रहेको बासी भातलाई घ्यु वा तेलमा भुटेर खाने चलन छ । फ्राइड राइस त्यसमा अरु केही सामग्रीहरु थपेर नयाँ स्वाद दिइनु हो ।

फ्राइड राइस बनाउनको लागि आवश्यक सामग्री :

सिमी, क्याप्सिकम, हरियो प्याज, प्याज

सोया सस, जिरा, खुर्सानी, लसुन, घ्यु

हरियो मटर, गाजर

विधि :

भाँडोमा घ्यु तताउने र त्यसमा जिरा, प्याज, लसुन, खुर्सानी फुराउने ।

त्यसमा सिमी, मटर, गाजर, क्याप्सिकम राख्ने र केही मिनेट पकाउने ।

अब त्यसमा भात राख्ने ।

मिक्स गरेर सोया-सस र प्याज राख्ने ।

 

Comments

comments