काठमाडौं । प्रधानमन्त्री नै अध्यक्ष रहेको लगानी बोर्डलेसमेत वैदेशिक लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन । अनेक बाधाविघ्नतासहित पूरा गर्न नसकिने प्रावधान राखेर वैदेशिक लगानी रोक्ने प्रयास भइरहेको पाइएको छ ।

तीन वर्षदेखि डांगोटे समूहले नेपालमा सिमेन्ट उद्योग सञ्चालनका लागि खानी खोजे पनि सरकारले खानी दिन सकेको छैन । डांगोटे समूह लगानीबाट हात झिक्ने अवस्थामा छ । यस्तै, भारतको अमुल डेरीले पनि नेपालमा लगानी गर्न खोजेको छ ।

उसको आवेदनमा कुनै निर्णय नै सरकारले दिन सकेको छैन । पछिल्लो तथ्यांक अनुसार, १७ अर्ब ५१ करोड रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments