काठमाडौं । अमेरिकाले हालसालै अफगानिस्तानमा गरेको हवाई कारवाहीमा तालिवानका वरिष्ठ कमाण्डर मारिएका छन् ।

दक्षिणी हेलमन्द प्रान्तका लागि तालिवानका तर्फबाट गर्भनरको भूमिका निभाइरहेका मुल्लाह अब्दुल मनन अखुन्द अमेरिकी कारवाहीमा मारिएको अफगानी अधिकारीहरुले पुष्टि गरेका छन् । उनी हेलमन्द प्रान्तकै नावजद जिल्लामा रहेकाबेला कारवाहीमा परेको पनि बताइएको छ । तालिवान समूहले पनि मुल्लाह अब्दुल मारिनु आफ्ना लागि निकै ठूलो क्षति भएको तर त्यसले अफगानिस्तानमाथि पुनः आफ्नो नियन्त्रण लिने अभियान नरोकिने र आफूहरुको हिम्मत कम नहुने बताएको छ ।

यद्दपी अफगानिस्तानका आन्तरिक मामिला मन्त्रीका प्रवक्ता नजिब डेनिसले एएफपीलाई दिएको प्रतिक्रियामा मुल्लाह मारिनु भनेको तालिवानका लागि ठूलो धक्का भएको र त्यसले दिक्षिणी अफगानिस्तानमा युद्धरत तालिवानी सैनिकको हौसलामा कमी आउने दाबी गरेका छन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments