मेलबर्न । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले मानव तस्करीमा अष्ट्रेलियास्थित नेपाली दूतावास कार्यालयको संलग्नताबारे आएको खबरको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।

नेपालबाट प्रसारण हुने एक टेलिभिजन कार्यक्रममा मार्फत राजदुताबासका पूर्व कर्मचारीले अष्ट्रेलियालागि नेपाली राजदूत र उनका परिवारलाई जघन्य मानव ओसार पसार अपराधमा संलग्न रहेको आरोप लगाएको सन्दर्भमा समितिको गम्भीर ध्यानाकर्षण भएको बताउदै यसबारेमा सत्यतथ्य पत्ता लगाउन अपिल गरेको हो ।

राजदूतावासमा कार्यरत पूर्व कर्मचारी वाङ्छु शेर्पाले टेलिभिजन शो मार्फत राजदूत र उनको परिवार मानव तस्करीमा संलग्न रहने गरेको आरोप लगाएका थिए ।

यसवाट अष्ट्रेलियास्थित नेपाली जनसमुदायमा असहज परिििस्थति सिर्जना हुनुको साथै नेपाली समुदायको इज्जत र नेपाल राष्ट्रकै प्रतिष्ठासँग जोडिएको हुनाले सम्बन्धित सबै निकाय र नेपाल सरकारलाई सत्य तथ्य छानबिन मार्फत तत्काल बाहिर लाउन समितिले माग गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments