अकल्याण्ड । न्युजिल्याण्डमा नक्कली प्रमाणपत्रका आधारमा ड्राइभिंग लाइसेन्स बनाउने एक जना भारतीयलाई न्युजिल्याण्ड सरकारले देश निकाला गर्ने भएको छ ।

भारतका जोधवीर सिंहले नक्कली प्रमाणपत्रका आधारमा ड्राइभिंग लाइसेन्स बनाएका थिए । उनले एक डेरी कम्पनीमा गाडी चलाउने काम गर्दै आएका थिए । वर्क भिसाको लागि लाइसेन्स लगायतका प्रमाणपत्र पेश गर्दा उनको झुटको रहस्य खुलेको हो । उनले भारतीय अधिकारिहरुलाई दबाब दिएर लाइसेन्स लिएको बताइएको छ । उक्त ड्राइभिंग लाइसेन्स उनले भारतमा नै लिएका थिए ।

वर्क भिसाको लागि आवेदन दिएका उनले लाइसेन्स जांच हुने थाहा पाएपछि आवेदन फिर्ता लिएका थिए । तर उनका प्रमाणपत्रहरु प्रक्रियामा गइसकेका थिए, जसले गर्दा उनको झुटो लाइसेन्सको बारेमा थाहा भयो । त्यसपछि उनलाई न्युजिल्याण्ड छोड्न सुचना दिइएको थियो ।

उक्त सुचनाको विरुद्धमा सिंहले अदालतमा अपिल गरेका थिए तर इमिग्रेसन विभागले उनको अपिललाई खारेज गरिदियो । सिंहकी श्रीमतीसंग वर्क भिसा रहेकोले सिंहकी श्रीमती र बच्चा भने न्युजिल्याण्डमा बस्न पाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments