काठमाडौं ।  नेपाली टेलिसिरियल र चलचित्रमा रामचन्द्र अधिकारि सबै दर्शकको माया बटुल्न सफल कलाकार हुन् ।  पछिल्लो समय विशेष गरी मेरी बास्सै टेलिचलचित्रमा गोख्ते काजीको रुपमा उनी चर्चित छन्।

रामचन्द्र अधिकारि आफ्नो यो सफलताको पछाडी श्रीमतीलाई मूख्य कारण मान्छन्। आफूले दुई कक्षासम्म पढेका उनले पढ्दै नपढेकी किशोरीसंग विवाह गरे । तर ती पढ्दै नपढेकी उनकी श्रीमतीले उनलाई कामको लागि बाहिर जान छुट दिइन्।

श्रीमानलाई काममा पठाएर उनले घर परिवार सम्हालेर बसीन् । सासू ससुराको स्याहार सुसार गरिन् , गाई भैंसी पाल्ने, तरकारी बनाएर बेच्ने, खेतीपाती गर्ने गरिन्। छोरा छोरीलाई पढाएर डाक्टरसम्म बनाइन् । आफूलाई घर व्यवहारको कुनै कुराको थाहा नभएको अधिकारि बताउँछन्।

अधिकारिले विवाह गर्दा जागिर गर्थे । उनको जागिर हेटौडामा थियो । श्रीमतीलाई संगै लैजान चाहन्थे, तर श्रीमतीले घरमै सासूसंग बस्ने चाहना राखीन् । श्रीमान सधै बाहिर बसिरहँदा कहिलेकाहीं सौता ल्याउने डर भने उनलाई लाग्थ्यो ।

Comments

comments