काठमाडौं । भदौ १ गतेदेखि लागु भएको नयाँ संहिताले पुरुषलाई सम्बन्ध विच्छेदमा निकै सुविधा पुगेको पाइएको छ । पुरुषले सिधै अदालतमा सम्बन्ध विच्छेदको अधिकार पाएकाले मकवानपुरमा सम्बन्ध विच्छेदको मुद्दा बढेको छ ।

हेटौँडाकै ३८ वर्षीयाले पतिको आचरण सुध्रिएला, माया गर्लान् भनेर हिंसा सहेर बसिन् । तर उनलाई त पतिले सम्बन्ध विच्छेदको मुद्दा हालेका मात्र रहेनछन्, अर्की विवाह गरिसकेछन् । घरमै कम आउने पतिले मुद्दा हाल्ने र अर्को विवाह गर्नेसम्म घटना हुँदा पनि ती महिलालाई केही थाहा थिएन ।

पत्नीसँगको सम्बन्ध सुधार नहुनुमा धेरैले डेरामा प्रेमिका राख्ने गरेको पनि पाइएको छ । कानुनले दिएको अधिकार प्रयोग गर्दै भदौ यता मकवानपुर जिल्ला अदालतमा ४३ पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments