मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसंस्कृति मन्त्रीमा रिचार्ड वाइने नियुक्त भएका छन् ।

हालै सम्पन्न भएको चुनावबाट विजयी लेबर पार्टीले प्रिमियर डानियल एन्ड्रयूको नेतृत्वको मन्त्रिमण्डलमा वाइनेलाई बहुसंस्कृति मन्त्रीको जिम्मेवारी दिइएको हो । बहुसंस्कृति मन्त्री को हुने भन्नेबारेमा अप्रवासीहरुकालागि चासोको विषय बन्ने गर्दछ । वाइनेले हाउजिंग र प्लानिंगको पनि जिम्मेवारी सम्हाल्नेछन् ।

मन्त्रीमण्डलमा केही पुराना अनुहार दोहोरिएका छन् भने केही नयाँ थपिएका छन् । यसअघिका मन्त्री रविन स्कट दाहोरिए पनि उनलाई कम जिम्मेवारी दिइएको छ । कम आकर्षक मानिने भेट्रान्स मिनिष्ट्रीको जिम्मेवारी उनको छ भने उनले अर्थमन्त्री टिम पालासलाई पनि सघाउनेछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments