अमेरिका । टेक्सास राज्यको एक महिलाले आफ्नो छोरीको नामको मजाक उडाउने एक कर्मचारीको बिषयमा एयरलाइन्स कम्पनीमा उजुरी गरेकी छिन् ।

ट्रेसी रेडफोर्ड नाम गरेकी एक महिलाले आफ्नो छोरीको नामको मजाक उडाएको र छोरीको बोर्डिङ पासको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लगाएकी छन् । खासमा उनकी छोरीको नाम एबिसिडिइ हो । जसको उच्चाएर याब्–सी–डी हुन आउँछ ।

यो घटना केहि हप्ता पहिलेको हो जब रेडफोर्ड छोरीको साथमा एलपासो फर्कँदै थिइन् । ‘जोन वेयने एयरपोर्टमा जब गेटमा बस्ने एजेन्टले मेरो छोरीको नाम देख्यो त्यसपछि उ हाँस्न थाल्यो ।’ रेडफोर्डले भनिन्, ‘र मेरो छोरीतर्फ औँलाले देखाएर अरु कर्मचारीहरुलाई देखायो ।’ सामाजिक सञ्जालमा फोटो राखेको पनि आफुले केहिदिन पछि मात्र थाहा पाएको रेडफोर्डले बताइन् ।

रेडफोर्डको उजुरीपछि साउथवेस्ट एयरलायन्स कम्पनीले माफी मागेको छ । साथै उसले सामाजिक सञ्जालमा ग्राहकहरुको फोटो राख्नु एकदमै गलत काम भएको बताएको छ । एयरलाइन्स कम्पनीले सम्बन्धित कर्मचारीलाई समेत कारबाही गर्ने आश्वासन दिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments