ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा ४ महिनामै ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।

साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको भेटी ४९ लाख ६५ हजार ६ सय ५० रुपैयाँ पुगेको व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो । सदस्यसचिव भट्टराईका अनुसार मन्दिरमा चढाइएको सुन, चाँदी लगायत गरगहना बिक्री गर्न बाँकीे छ ।

भेटी मन्दिरमा कार्यरत कर्मचारीले सङ्कलन गर्दै आएका छन् । संकलित भेटी हरेकदिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकीमा ल्याएर राख्ने गरिएको छ । भेटी राख्ने कन्तुरको चावी प्रहरी र समितिका कर्मचारीले राख्ने गरेका छन् ।

पाथीभरामा वर्षेनी दुई लाख भन्दा बढी तीर्थयात्री आउँछन् । दर्शनार्थीबाट नगद तथा सुन चाँदी गरी वार्षिक एक करोड भन्दा बढी संकलन हुने गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments