मेलबर्न । अष्ट्रेलियामा डिपेनडेन्ट भिसा सम्बन्धि कानुनमा परिवर्तन भएको छ । संसदमा पेश भएको विधेयक बुधबार पास भएपछि डिपेनडेन्ट भिसामा थप कडाइ हुने भएको हो ।

अष्ट्रेलियामा घरेलु हिंसा बढेको छ । घरेलु हिंसा विशेषगरि डिपेनडेन्ट भिसामा आउनेहरु माथी भएको विभिन्न अनुसन्धानहरुले देखाएका छन् । त्यसैले, घरेलु हिंसाका घटनालाई कम गर्नको लागि अष्ट्रेलियाले नयाँ कानुन ल्याएको हो ।

अब देखि आफ्नो पार्टनरलाई स्पोन्सर गर्ने व्यक्तिको बानी, व्यवहार, चरित्र र विगतलाई राम्रोसंग अध्ययन गरेर मात्र भिसा दिइने बताइएको छ । स्पोन्सर गर्ने व्यक्तिले ‘प्रहरी जांच रिपोर्ट’ बुझाउनुपर्नेछ । त्यस्तै, डिपेनडेन्टमा आउन लागेको व्यक्तिलाई उसको पार्टनरले विगतमा घरेलु हिंसा गरे या नगरेको बारेमा सोधिनेछ । सरकारले यो परिवर्तित कानुनले घरेलु हिंसा कम हुने विश्वास लिएको छ ।

अष्ट्रेलियामा डिपेनडेन्ट भिसामा बस्ने धेरैजनाले भिसाकै लागि घरेलु हिंसा सहेर बसिरहेको अध्ययनहरुले बताएका छन् । सरकारले अस्थायी पार्टनर भिसा ( सबक्लास ३००, ३०९ र ८३०) मा अष्ट्रेलियामा रहेका तर घरेलु हिंसामा परेका कारण सम्बन्ध टुंगाएकाहरुलाई भिसामा सहयोग गर्न सकिने अवस्था रहेकोले घरेलु हिंसामा परेको भएमा सहेर नबस्न आग्रह गरेको छ । घरेलु हिंसामा परेको खण्डमा ००० मा सम्पर्क गरेर प्रहरीलाई खबर गर्न सकिनेछ ।

स्रोत : एसबिएस न्युज

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments