काठमाडौं । १ नम्बर प्रदेश सरकारले नेताका नाममा खुलेका संस्थालाई मोटो रकम बजेटमै छुट्याएको छ । यसै आर्थिक वर्षमा पैसा सकाउनु पर्ने गरी बजेट छुट्याइएको हो ।

प्रदेश सरकारले ११ वटा नेताका नामका विभिन्न प्रतिष्ठानलाई ७ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ र यसै वर्षभित्र सक्नु पर्ने बताइएको छ । मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानका नाममा २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले सबै संस्थासँग कार्यक्रम मागेर बजेट दिइने बताउनु भएको छ ।

यस्तै, झापाको शिवसताक्षीधाम नगरपालिकमा आगोले जलेर ४ जना मरेको समाचारमा मेयरको गाडी किन्न ७० लाख रुपैयाँ बजेट विनियोजन भएको तर दमकललाई पैसा नभएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments