काठमाडौँ । भर्सटायल गायीकाको रुपमा चिनिने गुल्मी चेली निर्मला थापा मगरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लगनको महिना अर्थात मङ्सिर महिनाको अवसर पारेर उनको पन्चेबाजा म्युजिक भिडियो सार्वजनिक भएको हो ।

‘रिडी बजार काली दोभान’ नामको उक्त म्युजिक भिडियोमा विवाहमा जन्ती र बेहुली पक्षका युवा युवती बीच दोहोरी गाउने परम्परालाई देखाउने प्रयास गरिएको छ । सन्तु थापा मगर र निर्मला थापा मगरको आवाजमा रहेको गीतको छायाँकन गुल्मीको दिगाम क्षेत्रमा गरिएको हो । गाउँघरका मनोरम दृश्य, चल्ती शब्द, परम्परा र कला तथा संस्कृतिलाई समावेश गरेर बनाइएकोले म्युजिक भिडियो निकै सुन्दर बनेको छ।

गणेश अधिकारीको शब्द तथा गायिका निर्मलाको लयमा रहेको गीतको भिडियोलाई गायक सन्तुले निर्देशन गरेका हुन् । त्यस्तै, भिडियोको छायांकन करन चैसि र सम्पादन मनोज कार्कीले गरेका छन् । हिम सम्झाैता डिजिटलले तयार गरेकाे हाे यो म्युजिक भिडियोको बजार व्यवस्थापन भने गुल्मी रेसुङ्गा म्युजिक प्रा.लिले गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments