मेलबर्न । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग अष्ट्रेलियाका नेपालीहरुबीच अन्तर्कृया हुने भएको छ ।

चितवन समाज अष्ट्रेलियाको आयोजनामा यही डिसेम्बर २ आइतबार सिड्नीमा अन्तर्कृया कार्यक्रम हुने भएको हो । कार्यक्रम क्याम्सीको एडिच किचेनमा आइतबार विहान नौ देखि बाह्रबजेसम्म हुनेछ । पूर्व अर्थ मन्त्री समेत रहनुभएका पाण्डे चितवन क्षेत्र नम्बर १ का सांसद हुनुहुन्छ । उहाँ पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारको खरो आलोचकका रुपमा प्रस्तुत हुँदै आउनुभएको छ ।

त्यस्तै, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले पनि नेता पाण्डेसँग डिसेम्बर १ शनिबार साँझ अन्तर्कृया र रात्रिभोजको आयोजना गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments