व्यवस्थापिका संसदको बैठक आज सन्चालन हुने–नहुने अन्यौल देखिएको छ ।

उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वमा सैद्धान्तिक सहमति भएकाले आजबाट संसद चल्ने बताइएपनि निर्णय भइनसकेको भन्दै एमाओवादी लगायतका दलले अवरोध कायम राख्ने तयारी गरेका छन् । नेकपा एमालेले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई समितिको संयोजक बनाउने विषयमा फेरि अवरोध गरेको एकीकृत माओवादीले जनाएको छ ।

राजनीतिक समितिको नेतृत्व विवादका कारण लामो समयदेखि संसद चल्न सकेको छैन । संसद बैठक दिउँसो २ बजेपछि बोलाइएको छ ।

Comments