काठमाडौं । लामो विवादपछि नेपाल विद्यार्थी संघको महाधिवेशन बल्ल तोकिएको छ । नेविसंघको १२ औं महाधिवेशन पुस २८, २९ र ३० गते काठमाडौंमा हुने भएको छ ।

नेविसंघ केन्द्रीय कार्य समितिको मंगलबारको बैठकले महाधिवेशनको मिति ताेकेको हो । समिति बैठकले महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरेको छ ।

मंसिर २२ गतेभित्र मावि, उच्च मावि र क्याम्पस अधिवेशन गर्ने, २५ गतेभित्र गाउँ तथा नगर अधिवेशन गर्ने कार्यतालिका छ । त्यस्तै पुस ८ गतेभित्र काठमाडौं उपत्यका भित्रका विश्वविद्यालयका अधिवेशन गरिसक्ने उल्लेख गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments