मेलबर्न । अष्ट्रेलियामा गत नोभेम्बर १८ देखि ‘मेलबर्न स्टार्स वुमन लिग’ चलिरहेको छ । अष्ट्रेलियामा रहने विभिन्न देशका समुदायलाई खेलमा अगाडी बढाउनको लागि प्रतियोगिता आयोजना गर्दै आएको स्टार्स लिगले खेलमा महिलाहरुको सक्रियता बढाउनुका साथै उनीहरुलाई खेल क्षेत्रमा अगाडी बढाउनको लागि वुमन लिगको आयोजना गरेको हो ।

मेलबर्न स्टार्स वुमन लिग २०१८ मा नेपाल, भारत र श्रीलंका गरि तीन समूहले प्रतिस्पर्धामा गरिरहेका छन् । हालसम्म भएका खेल मध्ये भारत र श्रीलंका बीच भएको पहिलो खेलमा श्रीलंकाले ७ विकेटले जित हासिल गरेको थियो । दोस्रो खेलमा नेपाल र भारत प्रतिस्पर्धामा उत्रिएका थिए, जसमा नेपालले ४८ रनले भारतलाई पराजित गरेको थियो । त्यस्तै, नेपाल र श्रीलंका बीच भएको लिगको तेस्रो खेलमा श्रीलंकाले ९ विकेटले जित हासिल गरेको थियो । लिगको फाइनल खेल आगामी १५ डिसेम्बरमा हुनेछ । फाइनल खेलमा उपाधीको लागि नेपाल र श्रीलंका भिड्नेछन् ।

मेलबर्न स्टार्स वुमन लिगमा शानदार प्रदर्शन गरिरहेको नेपाली टिमको कप्तानमा अनिता सापकोटा रहेकी छिन् भने उपकप्तानमा प्रज्ञा पोख्रेल रहेकी छिन् । टिमको अन्य खेलाडीमा सरोजा शर्मा, अमृता स्याङ्ग्बो, एन्जिला चापागाईं, लीली तिवारी, यनु महतो, संदामली प्रेरणा, सोना निरौला, चन्द नेगी, साधना वस्ती रहेका छन् । टिमको कोच नेपाली समुदायका चर्चित क्रिकेटर सुनाम गौतमले गरिरहेका छन् । त्यस्तै, टिमको व्यवस्थापनको जिम्मेवारी केशव सापकोटाले निर्वाह गरिरहेका छन् भने टिमको सम्पूर्ण व्यवस्थापन नेपलीज एसोसिएसन अफ भिक्टोरियाले गरिरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments