मोरङ । १८ करोडको गाडी डा रामवरण यादव राष्ट्रपति हुँदा मागेको रहस्य खुलेको छ । उपप्रधानमन्त्री तथा रक्षमन्त्री ईश्वर पोखरेलले सुशील कोइराला नेतृत्व सरकारले राष्ट्रपति यादवलाई १८ करोड पर्ने गाडी किन्ने निर्णय गरेको रहस्य खोल्नु भएको हो ।

‘राष्ट्रपतिलाई १८ करोडको गाडी किन्ने निर्णय अहिलेको सरकारले गरेको होइन, पुरानो निर्णय हो’ नेकपा मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उहाँँले भन्नुभयो, ‘त्यो निर्णय २०७२ सालमा सुशील कोइराला नेतृत्व सरकारले गरेको हो, गाडी तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको लागि किन्न लागेको हाे । अहिलेको सरकारले पूर्ववर्ती सरकारले गरेका निर्णय कार्यान्वयन गर्दा अहिले गलत हल्ला चलाइएको छ ।’

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रपति भवन बनाउने र गाडी खरिद गर्ने निर्णय राष्ट्रिय प्रतिष्ठासँग जोडिएको बताउनुभयो । मन्त्री पोखरेलले वाइडबढी विमान खरिद गर्ने निर्णय रामशरण महत अर्थमन्त्री भएको बेला गरिएको जानकारी गराउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments