मेलबर्न । फरक विषय पढ्न चाहने र कला तथा संगीतमा रुची भएका व्यक्तिहरुका लागि इन्टरटेनमेन्ट बिजनेस म्यानेजमेन्ट कोर्स राम्रो विकल्प हो । यो कोर्स अष्ट्रेलियाको जेएमसी एकेडेमीमा पढाइ हुन्छ ।

यो कोर्स पढेर प्रोमोसन डाइरेक्टर, मिडिया पब्लिसर, बिजनेस म्यानेजर, आर्टिस्ट म्यानेजर, प्रोमोटर, इभेन्ट म्यानेजर, मिडिया डाइरेक्टर, कपिराइट तथा रोयल्टी म्यानेजर, म्युजिक प्रोडक्सन म्यानेजर, लेबल म्यानेजर, महोत्सव तथा कार्यक्रम आयोजक जस्ता पेशा अपनाउन सकिन्छ भने मनोरंजन सम्बन्धि आफ्नै व्यवसाय संचालन गर्न पनि सकिन्छ। पढाइ सकेपछि एकेडेमीले इन्टर्नशिपको लागि अष्ट्रेलियाका मनोरंजन सम्बन्धि राम्रा कम्पनी तथा संस्थामा पठाउँछ ।

इन्टरटेनमेन्ट बिजनेस म्यानेजमेन्टमा ब्याचलर वा डिप्लोमा गर्न सकिन्छ । ब्याचलर तह २ देखि ३ वर्षसम्मको हुन्छ भने डिप्लोमा ७ देखि ८ महिनाको मात्र हुन्छ । आगामी वर्ष अर्थात २०१९ को लागि एकेडेमीले ब्याचलर तहको सम्पूर्ण कोर्स अवधिको शुल्क ६३ हजार ६ सय अष्ट्रेलियन डलर र डिप्लोमा तहको सम्पूर्ण कोर्स अवधिको शुल्क २१ हजार २ सय अष्ट्रेलियन डलर निर्धारण गरेको छ ।

जेएमसी एकेडेमीका कोर्सहरु सिड्नी, मेलबर्न र ब्रिसबेन सहरमा पढ्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments