काठमाडौं । नेपाली भान्सामा खाजाको लागि धेरै जसो पाक्ने परिकार चाउचाउ हो । तर पछिल्लो समय पाहुनाको स्वागतको लागि समेत म्याकरोनी पास्ता बनाउने गरिन्छ , जुन बनाउनको लागि छिटो र सजिलो छ । म्याकरोनी स्वादिष्ट र भोक मेटाउनको लागि समेत राम्रो हुन्छ। माकरोनी विभिन्न देशमा विभिन्न तरिकाले बनाइन्छ  ।

नेपालमा म्याकरोनि बनाउने विधि

सुरुमा एउटा भाँडोमा पानी बसाल्नुहोस् ।

पानी उम्लिसकेपछी त्यसमा म्याकरोनी राख्नुहोस् ।

त्यसलाई पाँच मिनेटसम्म छोपेर पकाउनुपर्छ ।

अब त्यसलाई पानी छानेर एउटा सुक्खा भाँडोमा राख्नुपर्छ ।

त्यसपछि एउटा भाँडोमा तेल तताउनुपर्छ ।

तेल तातेपछि त्यसमा लसुन, अदुवा, हरियो खुर्सानी, प्याज राखेर चलाउनुपर्छ ।

अब त्यसमा हरियो मात्र राखेर चलाउनुपर्छ ।

त्यसपछि त्यसमा नुन, बेसार राखेर चलाउनुपर्छ ।

अब त्यसमा टमाटर राखेर चलाउँदै पकाउनुपर्छ ।

त्यसपछि त्यसमा टोमाटो सस राखेर केहीछिन पकाउनुपर्छ ।

अब त्यसमा मसला राखेर पकाएपछि म्याकरोनि तयार हुन्छ ।

विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments