काठमाडौं । क्रिमियन प्रायद्धिपमा रुस र युक्रेनबीच बल्झिएको तनावका कारण संयुक्त राष्ट्रसंघको सुरक्षा काउन्सिलको आकस्मिक बैठक डाकिएको छ ।

क्रिमियन प्रायद्धिपमा रुसले युक्रेनको तीनवटा समुद्रि सैनिक जहाजमा हमला गरेपछि यी दुई देशबीच तनाब बल्झिएको थियो । रुसको कारवाहीका क्रममा जहाजमा रहेका ६ जना सदस्यहरु घाइते भएको युक्रेनले जनाएको छ । घटनाको विरोधमा युक्रेनको राजधानी किभमा रहेको रुसी दूतावास बाहिर प्रदर्शन गरिएको छ ।

लगभग १ सय ५० को संख्यामा रहेका प्रदर्शनकारीले रुसी दूतावासको कार समेत जलाएको विविसीले जनाएको छ । रुसले आफ्नो जहाज कब्जा गरेपछि युक्रेनले आज नै मार्शल ल संसदमा प्रस्तूत गर्ने र त्यसमा मतदान हुने समेत बताइएको छ ।

रुसले आफ्नो सैनिक जहाजमा आक्रमण गरी कब्जा गरेको विषयमा युक्रेनको राष्ट्रिय सुरक्षा काउन्सिलको बैठकमा बोल्दै राष्ट्रपति पेट्रो पोरोसेन्कोले रुसी कार्यलाई पागलपनको संज्ञा दिएका छन् । उता, रुसले भने युक्रेनी जहाज अनाधिकारिक रुपमा आफ्नो क्षेत्रभित्र प्रवेश गरेको आरोप लगाएपछि तनाब श्रृजना भएको दाबी गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments